२०८० चैत्र १६, शुक्रबार
१४ औँ चितवन महोत्सव आजदेखि नारायणनी नदी किनारमा सुरु हुँदै छ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा संचालन हुन लागेको महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा कृषि,मेड इन नेपाल, अटो, इलेक्ट्रोनिक र आईटी, बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष का छुट्टैछुट्टै स्टल तथा परिसरहरू रहेको महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
त्यस्तै महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यसपटक तोरी र मौरीलाई प्रबर्द्धन गर्नेगरी तोरीबारी सहितको मौरीको मस्कट महोत्सवभित्र राखिएको छ। महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे