२०८१ कार्तिक १७, शनिबार
शुक्रबार राती रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।
बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ । यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर भारतबाट चिनी भित्राउने गरेको जनगुनासो बढेको थियो । तस्करी नियन्त्रण गर्न नसकेको भन्दै जिल्लाका सशस्त्र र जनपथ प्रहरीका एसपीलाई काठमाडौं तानिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे