२०८१ कार्तिक १७, शनिबार
आजभन्दा साढे ३ वर्षअघि २०७६ साउन ७ मा तिवारीले अपांगता भएकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा खेपेका थिए । निजलाई पुर्पक्षका लागि कारागार कार्यालय कास्कीको थुनामा राखिएकोमा जिल्ला अदालत कास्कीले २०७७ असोज २७ को फैसलामा उनले सफाइ पाएका थिए ।
तर उच्च अदालतमा परेको पुनरावेदन निवेदनमा भने अदालतले सुरु अदालतको मुद्दा उल्टाई निज तिवारीलाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना तथा पीडित नावालिकालाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उच्चले गएको वैशाख १४ सो फैसला गरेकोमा प्रतिवादी तिवारी हालसम्म फरार थिए । उनलाई कास्की प्रहरीले पुस २२ मा उनकै घरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे