२०८१ मंसिर ७, शुक्रबार
मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’
मृतक भान्जा र मामाको घर नजिकै पर्छ । आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए । मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताए । आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मानसीक सुन्तलन गुमेको भनिए पनि स्वास्थ्य परीक्षण पछि मात्रै थाहा हुने प्रहरीको बताएको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे