• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
Advertisement
SKIP THIS
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
मौसमस्वास्थ्यनिर्वाचन आयोगनेपाली कांग्रेसचितवनआईपीओस्थानीय तह सदस्य निर्वाचनपक्राउ
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

१ महिना अघि
२

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२ महिना अघि
३

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२ महिना अघि
४

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

२ महिना अघि
५

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

२ महिना अघि
६

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

२ महिना अघि
७

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

२ महिना अघि
८

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

२ महिना अघि
९

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

२ महिना अघि
१०

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

२ महिना अघि
११

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

२ महिना अघि
१२

गुल्मी– १ मा चन्द्र भण्डारीको अग्रता कायमै

२ महिना अघि

धेरै पढिएका

१

“जैमिनी मेला २०७९” पौष २९ देखि सुरू

३ हफ्ता अघि
२

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

१ हफ्ता अघि
३

गजल

३ हफ्ता अघि
४

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

३ हफ्ता अघि
५

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

१ हफ्ता अघि
६

सुन्तलीको निर्देशनमा रहेको वेव सिरिज ‘मै राम्री’ पौष २८ देखि प्रसारण हुने

३ हफ्ता अघि
७

गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएपछि..

१ हफ्ता अघि
८

साली नदीमा भक्तजनको घुईँचो (फोटो फिचर)

४ हफ्ता अघि
९

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

२ हफ्ता अघि
१०

विद्युतीय राहदानी : आजदेखि जुनसुकै समयमा इनरोलमेन्ट फारम भर्न सकिने

५ दिन अघि
११

महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

३ हफ्ता अघि
१२

छोराबुहारीलाई अष्ट्रेलिया बिदाइ गरि फर्केकी आमाको घर नपुग्दै मृत्यु

२ हफ्ता अघि

लोकसेवा तयारी : समसामयिक बिषयगत प्रश्नोत्तर – भाग १७

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ ४, बुधबार (२ हफ्ता अघि)

  • ६७ पटक पढिएको
  • १. पन्ध्रौँ आवधिक योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसरहरू उल्लेख गर्नुहोस् ।

     पन्ध्रौँ आवधिक योजना २५ वर्षे दीर्घकालीन सोचसहित तर्जुमा भएको योजना हो । दीर्घकालीन सोच हासिल गर्ने दिशामा पन्ध्रौँ योजनालाई आधार योजनाका रूपमा लिइएको छ । चालू पन्ध्रौँ योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसर यस प्रकार छन् :

    क)चुनौतीहरू

    – समन्यायिक आर्थिक वृद्धि र नागरिकको जीवनमा गुणात्मक सुधार गर्नु,

    – गुणस्तरीय भौतिक पूर्वाधारको विकास र उपभोगमा वृद्धि गर्नु,

    – दक्ष मानव संशाधनको विकासद्वारा उत्पादनशील रोजगारीको अवसर वृद्धि गरी जनसाङ्ख्यिक लाभको उपयोग गर्नु,

    – वित्तीय सङ्घीयताको कुशल कार्यान्वयन गरी समष्टीगत आर्थिक स्थायित्व कायम गर्नु,

    – सङ्घ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारी पूरा गर्न साधन स्रोतको लागत अनुमान, वितरण, जनशक्ति एवं संस्थागत प्रबन्ध गर्नु ।

    ख)अवसरहरू

    – सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील सरकार र संस्थागत स्थायित्व,

    – तहगत सरकारका बीचमा दिगो विकास, समृद्धि र सुशासनका क्षेत्रमा प्रतिस्पर्धी भावना,

    – उपलब्ध जनसाङ्ख्यिक लाभलाई मुलुकको विकासमा उपयोगको उच्च सम्भावना,

    – लगानी केन्द्रित गर्न सहज वातावरण निर्माण,

    – प्राकृतिक, भौगोलिक, जैविक, पर्यावरणीय

    तथा सामाजिक सांस्कृतिक विविधताको बहुआयामिक उपयोग,

    – निजी क्षेत्रको लगानी, व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि,

    – सामुदायिक क्षेत्रको उत्पादनशील क्षेत्रमा परिचालनद्वारा राष्ट्रिय पुँजी निर्माण ।

    २. स्थानीय कार्यपालिका भन्नाले के बुझ्नुहुन्छ ? स्थानीय कार्यपालिकाको निर्वाचन एवं गठन प्रक्रिया उल्लेख गर्नुहोस् । 

     स्थानीय तहको कार्यकारिणी अधिकारको प्रयोग गर्ने निकायलाई स्थानीय कार्यपालिका भनिन्छ । यसअन्तर्गत गाउँ कार्यपालिका तथा नगर कार्यपालिका पर्छन् । संविधानको धारा २१५ र धारा २१६ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा यी निकायको निर्वाचन एवं गठन प्रक्रिया देहायबमोजिम हुने व्यवस्था रहेको छ ः

    क)गाउँ कार्यपालिकाको गठन

    – प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहन्छन् । निजको अध्यक्षतामा गाउँ कार्यपालिकाको गठन हुन्छ ।

    – गाउँ कार्यपालिकामा अध्यक्षसँगै एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, गाउँ सभाका सदस्यले आफूहरूबाट निर्वाचित चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित दुई जना

    सदस्य रहन्छन् ।

    – अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको निर्वाचन गाउँपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार गरिन्छ ।

    – गाउँ कार्यपालिकाका चार महिला सदस्य गाउँ सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा चार जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने चार जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

    – दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू गाउँ सभाका सदस्यले गोप्य मतदानद्वारा दुई जना उम्मेदवारलाई दिने एक÷एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

    ख)नगर कार्यपालिकाको गठन

    – प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहन्छन् । निजको अध्यक्षतामा नगर कार्यपालिकाको गठन हुन्छ ।

    – नगर कार्यपालिकामा प्रमुखसँगै एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, नगर सभाका सदस्यले आफूहरूबाट निर्वाचित पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित दुई जना सदस्य रहन्छन् ।

    – प्रमुख, उपप्रमुख र वडाध्यक्षको निर्वाचन नगरपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार हुने गर्छ ।

    – नगर कार्यपालिकाका पाँच महिला सदस्य नगर सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा पाँच जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने पाँच जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

    – दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू नगर सभाका सदस्यले गोप्य मतदानद्वारा तीन जना उम्मेदवारलाई दिने एक/एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने तीन जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

    – यसरी स्थानीय कार्यपालिकाको गठन भई पाँच वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त हुन्छ ।

    ३. वनबाट प्राप्त रोयल्टी रकम उपयोगका सम्भावित क्षेत्रहरू के के हुन सक्दछन् उल्लेख गर्नुहोस् । 

     वन क्षेत्रको रोयल्टी राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने गर्दछ । संविधानतः राष्ट्रिय वनको परिचालन तथा व्यवस्थापन प्रदेश सरकार र संरक्षित क्षेत्रको सञ्चालन एवं व्यवस्थापन नेपाल सरकारबाट हुने व्यवस्था छ । प्राकृतिक स्रोतको परिचालन गर्दा राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी प्रदेश सरकार र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी सङ्घ सरकारबाट सङ्कलन भई सङ्घीय विभाज्य कोषमा जम्मा हुँदै आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विकास गरेको ढाँचाअनुसार वनबाट सङ्कलित रोयल्टी रकमको बाँडफाँट हुँदै आएको छ । साथै आयोगले वन क्षेत्रबाट प्राप्त रोयल्टीलाई उपयोग गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई सुझावसमेत दिँदै आएको पाइन्छ ।

    वनबाट प्राप्त रोयल्टी उपयोगका सम्भावित क्षेत्रहरू

    – नाङ्गा डाँडा, खाली जग्गा, आगलागी एवं पहिरोबाट क्षति पुगेको वनमा वृक्षरोपण गर्न एवं हरियाली प्रवद्र्धनसम्बन्धी कार्य गर्न,

    – अग्नि नियन्त्रण रेखा निर्माणसम्बन्धी कार्य गर्न,

    – पहिरो नियन्त्रण कार्य गर्न,

    – जलाधार क्षेत्र संरक्षण कार्य गर्न,

    – दिगो वन व्यवस्थापनसम्बन्धी कार्य गर्न,

    – वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न,

    – वन्यजन्तुबाट भएको मानवीय एवं बालीनालीको क्षतिका लागि राहत तथा क्षतिपूर्ति प्रदान गर्न,

    – संरक्षित क्षेत्रभित्र आवश्यक पूर्वाधार निर्माण एवं मर्मत सम्भार गर्न,

    – जैविक विविधता, वन्यजन्तु र तिनको वासस्थान तथा दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन गर्न,

    – जडीबुटी खेती तथा हरित एवं गैरकाष्ठ उद्यम प्रवद्र्धन गर्न,

    – मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्न,

    – वन पैदावारको संरक्षण एवं दिगो उपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,

    – पर्यापर्यटन प्रवद्र्धनसम्बन्धी कार्य गर्न,

    – प्राकृतिक सम्पदाको अभिलेखीकरण गर्न,

    – वन पैदावारको अवैध चोरी निकासी नियन्त्रणसम्बन्धी कार्य गर्न ।

    – यसरी वनबाट प्राप्त रोयल्टीलाई वन क्षेत्रको विस्तार, संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्नका लागि उपयोग गर्न सकिन्छ ।

    ४. विशिष्टीकरण तालिका भनेको के हो ? यसको छोटो परिचय दिनुहोस् । यसको प्रयोग किन गरिन्छ ? उल्लेख गर्नुहोस् । 

     विशिष्टीकरण तालिकाको परिचय प्रश्नपत्र निर्माणको प्रमुख आधार : विशिष्टीकरण तालिका

    परिचय : पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धिअनुरूप परीक्षणीय पक्ष निर्धारण गरी प्रश्नपत्र निर्माण गर्नुभन्दा अगाडि कुन कुन विधा र क्षेत्रबाट प्रश्न बनाउने, ज्ञान, बोध, व्यावहारिक सीप र उच्च दक्षता तहका प्रश्नहरू कति र कस्ता बनाउने, जम्मा प्रश्नसङ्ख्या कति हुने, उत्तर दिनुपर्ने प्रश्न के कति हुने तथा प्रश्नहरूको अङ्कभार र समय कति हुने भनी तयार पारिएको तालिकालाई विशिष्टीकरण तालिका भनिन्छ ।

    प्रतिविम्बन : जुनसुकै विषयको मूल्याङ्कनमा विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार प्रश्नपत्र, परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ ।

    भूमिका : पाठ्यक्रमको उद्देश्यअनुरूप मूल्याङ्कन गर्न, मूल्याङ्कनलाई विश्वसनीयता, प्रामाणिकता, विभेदकारिता, विविधता, व्याप्तता, स्तरयुक्त बनाउन र विषयवस्तुगत सन्तुलन मिलाई मूल्याङ्कन गर्न विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका

    रहेको हुन्छ ।

    अनिवार्यता : यो परीक्षण विधि, प्रक्रिया, साधन र स्रोत छनोट गर्न र प्रश्न निर्माणमा त्रुटिरहित परीक्षण योजना तयार पार्न अनिवार्य मानिन्छ । त्यसैले मूल्याङ्कनको समग्र पक्षलाई प्रभावकारी, योजनाबद्ध तथा व्यवस्थित गर्न विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ ।

    विषयगत वैधता : पाठ्यक्रमका उद्देश्य प्राप्त हुने गरी पाठ्यक्रमका सबै विषयवस्तु समेटेर पाठ्यक्रमद्वारा निर्दिष्ट मूल्याङ्कन प्रक्रिया अपनाई मूल्याङ्कनका साधनका रूपमा परीक्षालाई प्रयोगमा ल्याउन विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका रहेको हुन्छ । यसले शिक्षक तथा प्रश्नपत्र निर्माणकर्तालाई प्रश्नपत्र बनाउँदा विषयवस्तुगत वैधता निर्धारण गर्न निर्देशित गर्दछ ।

    निर्देशिका : विशिष्टीकरण तालिका नमुना प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परीक्षणकर्ताका लागि एक प्रकारको मार्गदर्शन वा निर्देशिका पनि हो । त्यस्तै शिक्षकले शिक्षण प्रक्रिया सञ्चालन गर्दा पनि कुन विषयवस्तु, कसरी, कुनै उद्देश्य प्राप्तिका लागि गर्ने भन्ने मार्गनिर्देश पनि यस तालिकाले गर्दछ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ ।

    विशिष्टीकरण तालिकाको आवश्यकता र प्रयोग

    – पाठ्यक्रममा निर्धारण गरेका तहगत सक्षमता तथा कक्षागत सिकाइ उपलब्धि पूरा गर्नका लागि विशिष्टीकरण तालिका निर्माण गर्न आवश्यक छ । यसका साथै पाठ्यक्रमका सम्पूर्ण पक्ष समेट्ने गरी प्रश्नपत्र तयार पार्न र सोहीअनुसार परीक्षा सञ्चालन एवं परीक्षण र पृष्ठपोषण प्रदान गर्न यसको आवश्यकता रहेको छ । मूलतः विशिष्टीकरण तालिकाको आवश्यकतालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः

    १.शैक्षणिक योजना निर्माण गर्न

    सबै प्रकारका शैक्षणिक योजना तयार पार्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न आवश्यक मूल्याङ्कन सामग्री कस्तो हुने, कति अङ्कभारको हुने र प्रश्नसङ्ख्या के कस्ता हुने भन्ने कुरा शैक्षणिक योजनामा राख्न विशिष्टीकरण तालिकाले

    सघाउ पु-याउँछ ।

    २. प्रश्नपत्र निर्माण गर्न

    एक निश्चित अवधिभित्र पाठ्यक्रम वा उद्देश्यअनुरूप विद्यार्थीका सिकाइ उपलब्धि मूल्याङ्कन गर्न सिकाइका तहअनुसार प्रश्नहरूका प्रकार र सङ्ख्या, अङ्कभार, समय आदि यसमा राखिने हुँदा प्रश्नपत्र निर्माण गर्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ ।

    ३. विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न

    – विशिष्टीकरण तालिकामा सिकाइका कुन कुन तहलाई मापन गर्ने र हरेक तहका सिकाइलाई कति अङ्कभार दिने भन्नेजस्ता कुरा राखिएको हुन्छ । तसर्थ शिक्षण सिकाइ क्रियाकलापमा यी कुरालाई सामञ्जस्य कायम गराउन सकेमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुन्छ । विशिष्टीकरण तालिकामा ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षता मापन गर्ने गरी प्रश्नहरू तहअनुसार निर्माण गर्ने प्रक्रिया उल्लेख हुनाले यस तालिकाको प्रयोगबाट विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न सकिन्छ ।

    – उल्लिखित बुँदाहरूका आधारमा विशिष्टीकरण तालिकाले शिक्षक, विद्यार्थी र प्रश्नपत्र निर्माणकर्तालाई सिकाइ, परीक्षा र मूल्याङ्कन कार्य सञ्चालन गर्न निम्नानुसारको सहयोग पु-याउँछ :

    (क)विद्यार्थीगत आवश्यकता

    – विद्यार्थीमा सम्पूर्ण विधा र क्षेत्र समेटेर पढ्ने बानीको विकास गर्न,

    – विद्यार्थी–विद्यार्थीबीचको उपलब्धि तुलना गर्न,

    – विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न,

    – ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षताका प्रश्नबारे परिचित हुन ।

    (ख)शिक्षकगत आवश्यकता

    – पाठको उद्देश्य र विद्यार्थीको उपलब्धिका बीच तुलना गर्न,

    – शैक्षणिक योजना निर्माणमा मूल्याङ्कनका प्रश्न तय गर्न,

    – विभिन्न विधा वा क्षेत्रबाट सोधिने प्रश्नअनुसार शिक्षण गर्न,

    – पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्रअनुसार शिक्षण गर्न ।

    (ग)प्रश्नपत्र निर्माणकर्तागत आवश्यकता

    – पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्र र विधा समेटेर प्रश्न निर्माण गर्न,

    – समय, पूर्णाङ्क र प्रश्नसङ्ख्या तय गर्न,

    – कुन विधा वा क्षेत्रबाट के कस्ता र कति प्रश्न निर्माण गर्ने भन्नेबारे निर्देश गर्न,

    – सबै सीप र दक्षता समेट्ने गरी प्रश्नपत्र निर्माण गर्न,

    – प्रश्नपत्र निर्माणकर्ता र शिक्षकलाई पथ प्रदर्शन गर्न,

    – प्रश्नपत्रलाई वैज्ञानिक र व्यवस्थित बनाई

    एकरूपता ल्याउन,

    – परीक्षामा विश्वसनीयता ल्याउन आदि ।

    निष्कर्ष 

    – परीक्षाको स्तरीयता, एकरूपता र वैधताका लागि विशिष्टीकरण तालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसमा सिकाइ र परीक्षाका सम्पूर्ण पक्ष समेटिएको हुनुपर्छ । पाठ्यक्रमका सम्पूर्ण क्षेत्रबाट प्रश्न निर्माण गर्न सकिने गरी ज्ञान, बोध र अन्य तहका प्रश्नहरू निर्माण गर्न, प्रश्न सङ्ख्या, समय र अङ्क निर्धारण गर्न तथा मूल्याङ्कन गर्ने प्रक्रियासमेतलाई निर्धारण गर्ने हुँदा शिक्षण सिकाइ सहजीकरण प्रक्रियामा विशिष्टीकरण तालिकाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गोरखापत्रबाट साभार

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा प्रश्न
  • लोकसेवा बिषयगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू

  • नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

  • राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा

  • नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

  • समाचार
  • १

    क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू
    १ दिन अघि

  • २

    नेपालगन्जको तरकारीमा अत्याधिक विषादी
    १ दिन अघि

  • ३

    राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा
    १ दिन अघि

  • ४

    नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने
    १ दिन अघि

  • ५

    बावुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
    १ दिन अघि

  • ६

    सरकारले यी शीर्षकमा गर्‍याे २० प्रतिशत खर्च कटौती
    १ दिन अघि

  • ७

    उचित मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध
    १ दिन अघि

  • ८

    उद्योग वाणिज्य संघ–चितवनले मनायो ६३ औं स्थापना दिवस
    २ दिन अघि

  • ९

    वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
    २ दिन अघि

  • १०

    दुबई पुगेकी किशोरी ५ लाखमा कुवेतमा बिक्री
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको अमलटारीबाट पनि जिप सफारी

    अमलटारी
    २

    चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    चाैथाे देवचुली महोत्सव
    ३

    पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    नवलपुर अनलाईन
    ४

    महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

    नवलपुर अनलाईन
    ५

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    कालीगण्डकी करिडोर
    ६

    कोरोना सङ्क्रमणबाट सतर्क रहन नवलपुर प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय नवलपुर
    ७

    पिकनिकमा मदिरा सेवन गरि विद्यार्थीलाई दुर्व्यवहार गर्ने गैंडाकोटका तीन शिक्षक पक्राउ

    पिकनिक
    ८

    मुकुन्दसेन इङ्लिस बोर्डिङद्धारा एनसीसी प्रदर्शन

    मुकुन्दसेन इङ्लिस बोर्डिङ

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution