२०८१ मंसिर ७, शुक्रबार
प्रहरीले नेपालमा २ र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा नगरपालिका–२ घर भएका किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् भने भारतीय प्रहरीले पक्राउ गरेका ३ जना भारतीय नागरिक हुन् ।
पुस २७ गते जनकपुर उपमहानगरपालिका–८ घर भएका २० वर्षीय रोहित साह र उपमहानगर–१३ घर भएका २२ वर्षीय विष्णु साह हराएका थिए । पुस २९ गते भारतबाट अपहरणकारीले फोन गरेर १० लाख रुपियाँ फिरौती मागेका थिए । अपहरणकारीले शुरूमा ५० लाखसम्म फिरौती मागेका धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
अपहरित दुई जनाको शव भेटिएको भारत विहारको सितामढी जेला थाना पर्सागाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी खड्काले जानकारी दिनुभयो । उहाँले अपहरणमा संलग्न रहेका थप ४ जना फरार रहेकाले उनीहरूको खोजीलाई तीव्र बनाएको बताउनुभयो ।
अपहरणकारी लागुऔषध कारोबारी रहेको र उनीहरूले पैसाका लागि अपहरण गरेको भए पनि अपहरणमा परेका युवाले आफूहरूलाई चिन्ने भएपछि फिरौती रकम नलिई उनीहरूको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको एसपी खड्काले बताउनुभयो ।न्यूजअफनेपालबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे