२०८१ मंसिर ८, शनिबार
सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन् ।
मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले आज निकालेको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
नागरिक अगुवा रामरिझन यादवले जनताको मतबाट निर्वाचित सांसद कोइरीलाई राज्यले बदनियतपूर्ण ढंगले फसाउन खोजेको आरोप लगाए । उनले मधेसका आन्दोलनकारीले थमन विकको हत्या गरेको र घटनाको समयमा त्यहाँ सांसद कोइरीको उपस्थिति समेत नरहेको दाबी गरे ।
‘आन्दोलनकारीले प्रहरीको हत्या गर्दा मुद्दा नलाग्ने, सिभिल ड्रेसमा रहेका प्रहरीले आन्दोलनकारीको हत्या गर्दा समेत मुद्दासम्म दर्ता गर्न नमान्ने यो कहाँको न्याय हो ?’उनले भने ।
जनताले निर्वाचित गराएका सांसद कोइरीविरुद्ध झुटा मुद्दा लगाएर सरकारले अपनाएको रबैया जनताको अभिमत बिरुद्ध रहेको यादवको भनाई थियो । मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकको २०७२ साल भदौ २५ गतेमा हत्या भएको थियो । सो मुद्दामा २०७५ साल साउन २८ गतेमा जिल्ला अदालत महोत्तरीले सांसद कोइरी सहित, प्रदेश सांसद अभिराम शर्मा, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डेय, धमेन्द्र रायलगायत २८ जनामाथि मुद्दा दर्ता गरेको थियो । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे