२०८१ मंसिर ६, बिहिबार
अहिले लामिछानेका वकिलहरूले बहस गरिसकेका छन्।
बहसका क्रममा लामिछानेका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले इजलासमा रविको राहदानीको पनि कुरा उठे पनि त्यो रिटको विषय नभएको बताए।
‘यो रिट उनको नागरिकता र प्रतिनिधि सभा सदस्य हुन योग्य नरहेको भन्ने विषयमा हो, राहदानीको विषयतिर म जान्नँ। अनुसन्धानले देखाउला,’ उनले भने।
अधिवक्ता गौतमले यति भनेपछि इजलासमा रहेका न्यायाधीश ईश्वर खतिवडाले भने- तपाईंले राहदानीको कुरा कोट्याइहाल्नुभयो। लामिछानेले अमेरिकी नागरिकता लिएको, सन् २०१५ मा कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी नयाँ राहदानी बनाएको र २०१८ मा अमेरिकी राहदानी त्यागेको त स्थापित तथ्य हुन्।
उनले केसीलाई सोधे- कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ?
जवाफमा केसीले त्यो कुरा रिट निवदेकको विषय नभएकाले के-कसो भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताए।
सुनुवाइ जारी छ। यो मुद्दामा आजै सुनुवाइ सकिएर आदेश आउने सम्भावना छ। सेतोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे