२०८१ मंसिर ७, शुक्रबार
तीव्र उतार चढावकाबीच बजार परिसूचक नेप्से करिब १६ अंकले ओरालो लागेर २१ सय १० मा आएर थामियो ।
अपरान्ह सुधारिएर नेप्से २१ सय ३५ सम्म पुगेपनि धेरैबेर टिक्न सकेन । कारोबार पनि ३ अर्ब तलै खुम्चियो । सोमबार ३ अर्ब माथि रहेको थियो । मात्र जलविद्युत समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह राताम्मे रहेका छन्।
जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक माथिको गिरावट आउँदा बाँकी अधिकांश समुह दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ७५ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ८२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन १ सय ४८ कम्पनीको मूल्य घट्दा जम्मा ५७ को बढ्यो । घटेको बजारमा पनि आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर र बाराही हाइड्रोका लगानीकर्ताले ७ प्रतिशत बढी कमाए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे