२०८१ कार्तिक १९, सोमबार
श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो ।
बिहान ९ बजेदेखी कलश शोभा यात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो ।योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराईदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो ।
करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको कोटीहोममा आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरी कंडेलले बताउनुभयो । महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको महासचिव नरहरि सापकोटाले बताउनुभयो ।आश्रमको सङ्कल्प पूरा गर्नका लागि सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कँडेलले आग्रह गर्नुभयो ।
यहाँ करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने रासनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका बटुक रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।
यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहँदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ ।श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने उद्देश्य राखेको छ ।
त्यस्तै पूर्वाधारविहिनमा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने रहेको छ । त्यसैगरी आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने, गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने, गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने रहेको छ । सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने उदेश्य राखेको छ । माघ २३ गतेदेखि सुरू भएको ज्ञानमहायज्ञ फागुन १ गतेसम्म चल्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे