२०८१ मंसिर ७, शुक्रबार
त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ । यसअघिको कारोबारमा दुई अर्बपनि भएको थिएन । आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ ।
आज आएसीएफसी फाइनान्स डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे