२०८१ कार्तिक २०, मंगलबार
उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ । राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ ।
ब्याजदर महँगो हुँदा ऋणको माग कम छ । तर, बढेको निक्षेपले बैंकिङ प्रणालीमा अधिक तरलता उपलब्ध हुन थालेको छ । सीडी रेसियो घटेको छ । वित्तीय प्रणालीमा तरलता थपिएसँगै बैंकहरूले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ । अन्तरबैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ ।
तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्यो । माघ महीनादेखि निक्षेपको ब्याजदर पनि घटेको छ । यसले आगामी दिनमा बैंकहरूको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गरेको छ । यी सम्पूर्ण कारणले गर्दा शेयर लगानीकर्ता सकारात्मक देखिएका छन् ।त्यसैगरी शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सकारात्मक देखिएका छन् । सोही कारण मंगलवार बजार बढेको पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे बताउँछन् ।
सोमवार मात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताको हितमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको घिमिरको भनाइ छ ।आर्थिक अभियान दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे