२०८१ मंसिर ८, शनिबार
सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचनबारे खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउनेबारे छलफल भएको उनले बताए ।
‘राष्ट्रपति चुनावबारे छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामबारे समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’
लिङ्देनले भनेजस्तै राष्ट्रपति निर्वाचनबारे थप छलफल गर्नुपर्ने आवश्यक छैन । सरकार गठन गर्नुभन्दा अघि सत्तारूढ दलबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुखसहितका पदमा भागबन्डा भइसकेको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे