२०८१ कार्तिक २०, मंगलबार
काठमाडौँ, २८ माघ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ ।
भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो ।
केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको जानकारी दिइन् । आयात रोक्न नसकिने भन्दै उनले रोग–कीराको जोखिम नहोस् भनेर आयातमा रोग–कीराको मापदण्ड अपनाउन नाकाका कार्यालय सतर्क गराएको बताइन्। गोरखापत्र दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे