२०८१ कार्तिक २०, मंगलबार
उद्घाटन समारोहमा चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाट र कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कंडेलको आतिथ्यता रहेको थियो।
स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुखले चितवनमा १०० भन्दा बढी प्रि—बुकिङ्ग रहेको र उनीहरुबाट नै काम सुरु गरिने स्किल सेवाका चितवन शाखा प्रबन्धक सौगात तिवारीले जानकारी दिए।
स्मरण रहोस स्किल सेवा नयाँ घर निर्माण, घर मर्मत सम्भारको क्षेत्रमा विगत ५ बर्षदेखि काम गर्दै आएको कम्पनी हो । आफनो छुट्टै निर्माण कौशल, गुणस्तरिय सेवा र व्यवस्थापनका कारण स्किल सेवाले छोटो समयमै आफना सेवाग्राहीहरुको मन जित्न सफल भएको छ ।
यसका अतिरिक्त स्किल सेवाले काठमाडौ उपत्यकाका तीन वटै जिल्ला र पोखरामा पनि सेवा प्रदान गरी रहेको छ । करिब १८ हजार भन्दा बढी घरहरुमा इन्सपेक्सन गर्नुका साथै सात हजार भन्दा बढी घरहरुको मर्मत सम्भार पनि गरिसकेको छ ।
कार्यक्रम स्किल सेवा प्रालिका संस्थापक महेश तिमिल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधानले सहजीकरण गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे