२०८१ मंसिर ८, शनिबार
अर्थशास्त्रका सहायक प्राध्यापक युसुके नारिताले पनि इच्छा मृत्यु अनिवार्य गर्न सकिने सुझाव दिँदै न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘जापानका वृद्धहरूले सामूहिक आत्महत्या गरून्।’ गत वर्ष जापानको आधिकारिक तथ्याङ्कले पहिलो पटक देशको जनसङ्ख्याको १५ प्रतिशत ७५ वर्षभन्दा माथि रहेको देखाएको थियो। त्यहाँ ६५ वर्षभन्दा माथिकाले कुलको २९.१ प्रतिशत हिस्सा ओगटेका छन्, जसले जापानी जनसङ्ख्यालाई विश्वको सबैभन्दा वृद्ध जनसङ्ख्या भएको मुलुक बनाएको छ।
न्युयोर्क टाइम्सलाइ ३७ वर्षीय नारिताले भनेका छन्, “मलाई एउटै मात्र समाधान स्पष्ट छ जस्तो लाग्छ। यो सामूहिक आत्महत्या र वृद्धको सामूहिक ‘सेप्पुकु’ (आत्महत्या) होइन र ?” उनले क्रममा १९ औँ शताब्दीको उत्तरार्धमा अपमानित समुराई जातीद्वारा नियोजित सामूहिक आत्महत्या गरेको घटनालाई उल्लेख गरेका छन्।
उनको विवादास्पद टिप्पणीले सोसल मिडियामा ठुलो तरङ्ग उत्पन्न गरेको छ, साथै क्रोधित खालका प्रतिक्रियालाई बढवा दिएको छ। न्युजवीक जापानका स्तम्भकार मासातो फुजिसाकीले भने कि नारिताका समर्थकहरूका अनुसार “बूढाबूढीहरू पहिले नै मर्नुपर्छ र सामाजिक कल्याणलाई काट्नु पर्छ”।
टेलिग्राफसँग अर्का पत्रकार, मासाकी कुबोटाले टिप्पणीहरूलाई गैरजिम्मेवारपूर्ण भन्दै व्यङ्ग गरेका छन्, “ओह, मेरा हजुरबा हजुरआमाहरू लामो समयसम्म बाँचिरहेका छन्, र हामीले तिनीहरूलाई हटाउनु पर्छ।”
प्राध्यापक नारिताले मात्र भनेका होइनन् जापानमा यस्ता बिचारहरू पहिले पनि आएका थिए। जसले गर्दा पुराना पुस्ताहरूप्रति आदर घट्दै गएको छ। सन् २०१३ मा त्यहाँका अर्थमन्त्री तारो आसोले वृद्धहरूलाई भनेका थिए कि राष्ट्रले तपाईँहरूको चिकित्सा हेरचाहको लागि गरिरहेको खर्चको लागत बचाउन “हतार गर्नुहोस् र अब मर्नु पर्छ”।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे