२०८१ कार्तिक २०, मंगलबार
नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । पछिल्लो समय सालकको चोरी तस्करी हुँदा नेपालमा पनि यसलाई जोगाउन संकट परेको छ । प्रहरीको अनुसन्धान ब्युरोको तथ्यांकनुसार सालक मारिने र जफत हुनेक्रममा २०६९ सालदेखि हालसम्म सालकको खपटा मात्रै १ सय ५० केजीभन्दा बढी जफत भएको छ ।
विश्वमा ५ मिनेटको फरकमा मारिन्छन् सालक
जफत भएकामध्ये खपटासहितको छाला १० थान, जीवित सालक दुई थान र मृत सालक एक थान समातिएको प्रहरीले जनायो । प्रहरीले चलाएका २० वटा अपरेसनमा २९ महिला र पाँच पुरुष पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
पछिल्लो १० वर्षमा विश्वमा १० लाख सालक मारिएको आईयूसीएनको तथ्यांक छ । प्रत्येक ५ मिनेटमा विश्वमा एउटा सालक मारिने गरेको विज्ञको भनाइ छ । विज्ञका अनुसार सन् २०११ को वन्यजन्तु जनगणना अनुसार नेपालमा सालकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । विश्वभर सालकको तस्करी बढेपछि साईटिस अभिसन्धिले अति संकटापन्न वन्यजन्तुको अनुसूची २ बाट १ मा राखेको छ ।
सालकको तस्करी चीनमा हुने भएकाले पछिल्लो समय सालक तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल रहेको सालकविज्ञ अम्बिका खतिवडाको भनाइ छ । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको मृत्युदर करिब ७० प्रतिशत रहेको छ । अर्थात् जन्मिएका बच्चाहरूमा ३० प्रतिशत बच्चा मात्र बाँच्ने भएकाले प्राकृतिक रूपमै यसको संख्यामा कमी हुँदै गइरहेको विज्ञहरू बताउँछन् ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे