२०८१ कार्तिक २०, मंगलबार
काठमाडौंको बबरमहलस्थित वाणिज्य विभागबाट ३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
बिभागमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि रकम माग गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरि अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे