२०८२ बैशाख ५, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ ।
उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । प्रमुख अतिथिले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ ।
सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै, भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।
जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।
नेपाली सेनाको संगठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । सेना दिवसकै अवसरमा शनिबार टुँडिखेलमा ५५५ जनाले मादलको प्रस्तुति दिनेछन् । ‘वर्ल्ड बुक अफ रेकर्ड’मा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति दिन लागिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे