२०८१ मंसिर ७, शुक्रबार
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुनेछ।
महोत्सवको प्रचारप्रसारका लागि नवलपुर र चितवनका विभिन्न स्थानहरुमा स्वागतद्धार निर्माणको काम थालिएको जिल्ला उद्योग बाणिज्य संघ, नवलपुर गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
११ दिनसम्म चल्ने महोत्सवको सहआयोजकमा जिल्ला उद्योग बाणिज्य संघ नवलपुर गैँडाकोट रहेको छ ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३०० वटा स्टलहरु रहनेछन्।
महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे