२०८१ मंसिर ८, शनिबार
राप्रपाबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका पञ्चराम गुरुङ सरकारमा छन् । अर्का सांसद बिन्दु पहाडी हुन् । दुवै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।
संसदीय दलका नेता एवं मन्त्री पञ्चराम गुरुङले केन्द्रको निर्णय शिरोपर गर्नुपर्ने भन्दै त्यसबारे आइतबार निर्णय आउने जानकारी दिए । उनले भने, ‘हामीहरु केन्द्रको निर्णयको शिरोपर गर्नुपर्ने हुन्छ । अब के कसरी जाने भन्ने’दयगत बैठक बसेर निर्णय लिन्छौं ।’ सम्भवत राप्रपाले आइतबार राजीनामा बुझाएर सरकारबाट बाहिरिने संकेत गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहीरहनु अनुपयुक्त हुने ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने र प्रदेश सरकारमा पनि यसैबमोजिमको दृष्टिकोणले रहेकोले समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको थियो ।
सत्तारुढ राप्रपा सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको सरकार संकटमा पर्नेछ । गण्डकीमा गत २५ पुसमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीका १ सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसदमा विश्वासको मत लिंदा ३१ सदस्यले पक्षमा मतदान दिएका थिए ।
६० सदस्यीय प्रदेश सभामा ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका छन् । जसमध्ये नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन् । बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे