२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ, १४ फागुन । संघदेखि सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशका मन्त्रीहरुले पनि राजिनामा दिएका छन् ।
राप्रपाका मन्त्रीहरुले शनिबार राति मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाएका हुन् । बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बनेका थिए ।
यस्तै, गण्डकी प्रदेशमा भने राप्रपा सरकारबाट बाहिरिँदा सरकार नै अप्ठेरोमा पर्ने भएको छ । पार्टीले गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेका पञ्चराम गुरुङलाई पनि राजिनामा दिन भनेको छ । राप्रपाले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नु हुनेछ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको आठ, राप्रपाको दुई र नेकपा (एकीकृत समाजवादी) को एक सिट छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे