२०८१ माघ १७, बिहिबार
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४० कित्ताको लागि आवेदन परेको थियो । योग्य १४ लाख २५ हजार ७२० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो । कुल आवेदकहरूमध्ये ६ हजार ५०२ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटमा ६९ हजार ७२० जना भाग्यमानी आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । योग्य आवेदकहरूमध्ये पनि १३ लाख ५९ हजार आवेदकको हात खाली भएको छ ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ सार्वजनिक निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे