२०८१ कार्तिक २१, बुधबार
युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए। ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्।
यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १-१ विकेट लिए। मौसम ढकाल (श्याम) घाइते भएपछि उनको स्थानमा लामिछाने खेलेका हुन। अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।
सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्।
बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे