२०८१ कार्तिक २१, बुधबार
वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २ हजार ५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए ।
उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँदरले सम्मान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत १० हजारका दरले नगद तथा प्रमाणपत्र मार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् ।थप जानकारी यो लिङ्कमा गएर प्राप्त गर्न सक्नुहुनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे