२०८१ मंसिर ८, शनिबार
थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए ।
कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ । रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए । त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ ।
कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘हिजो बेलुका सोधपुछ गरौँ, के कसो हो भनेर बुझ्नको लागि उहाँलाई ल्याएको हो । मुद्धा चल्ने जस्तो भएमा आधिकारिक रुपमा सार्वजनिक गरिहाल्छौँ’ उनले भने ।
दुर्गा प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रमको दिन भरतपुर विमानस्थलमा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनिहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे