२०८१ मंसिर ८, शनिबार
जग्गाको मूल्याङ्कन गर्दा मूल्याङ्कन पुस्तिकामा उल्लेख भएभन्दा कम मूल्य राखेर राजस्व हिनामिना गरेको आरोपमा मैनालीविरुद्ध मुद्दा दायर गरिएको हो। मैनालीले सोही नगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा जोडिएको उक्त वडाको नयाँरोड बजारमा रहेको जग्गाको बसकपत्र लिखत पारित गर्दा बाटो नभएको भनी प्रमाणित गरेको र सो कार्यबाट नौ लाख ३६ हजार रुपियाँ सरकारी राजस्व हिनामिना भएको आयोगको दाबी छ। मैनालीलाई सोही रकम बराबर बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
उक्त जग्गा बकसपत्र गरिदिने गौरीकुमारी र बकसपत्र गरिलिने हीराकुमारी श्रेष्ठले समेत बाटोले छोएको जग्गालाई नछोएको भनी कम राजस्व तिरेकाले दुवै जनालाई नौ लाख ३६ हजार रुपियाँ बिगो र हदैसम्मको कारबाही माग गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसअघि पनि मैनाली सोही वडाका अध्यक्ष रहेको र अघिल्लो कार्यकालमा जग्गाको मूल्याङ्कन गरी रजिस्ट्रेसन पास गरिदिएको बताइएको छ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा बयान फेर्ने सप्तरीको बाबा कृष्ण राम पशु फर्मका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवतसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका यादवले अनुसन्धानका क्रममा आयोगसमक्ष गरिएको बयानको प्रतिकूल हुने गरी विशेष अदालतमा बयान दिएको बताइएको छ। यादवलाई घुस/रिसवत बराबरको २१ हजार रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे