२०८१ माघ १७, बिहिबार
कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म आईपिओ विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र कुल १५ लाख ३८ हजार ४६६ जनाले १ करोड ६८ लाख १३ लाख १८० कित्ता शेयर खरीद माग गर्दै आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन पर्न आएकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।
विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये २ हजार २०३ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ ।
यी वाहेक योग्य १५ लाख ३६ हजार २६३ जना आवेदकलाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको हो । योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएकोमा भाग्यमानी १६ हजार ९७६ जनाले मात्र शेयर प्राप्त गरेका छन् ।
पहिलो चरणमा १६ हजार ९७६ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर ५ जनालाई थप एक कित्ताका दरले ११ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे