२०८१ मंसिर १२, बुधबार
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत्र १ गतेदेखि ७ गतेसम्म “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू गरिएको डिभिजनल वन अधिकृत मोहन राज काफ्लेले नवलपुर अनलाइनलाई बताउनुभयो।
हिजो चैत्र १ गतेदेखि सुरू भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाई गर्ने र पूर्व तयारीका कार्यक्रम सुरू भैसकेको उहाँले जानकारी दिनुभयो।
जस अन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू हिजो देखि नै सुरू भएको हो।
कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्कृया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाएको छ।
आज शिव सामुदायिक वनमा अन्तर्कृया तथा डेमो कार्यक्रम सम्पन्न गरिएको छ। नवलपुरमा रहेका सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणसम्बन्धी विभिन्न खाले कार्यक्रम आयोजना गर्दै अभियान सप्ताहमा मात्र सीमित नगरि निरन्तरता दिने डिभिजनल वन अधिकृत मोहन राज काफ्लेले नवलपुर अनलाइनसँगको कुराकानीमा बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे