२०८१ मंसिर ९, आईतबार
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले विभिन्न आधार र कारणले मुद्दा अघि नबढाउने निर्णय भएको बताउनुभयो । निर्णयको जानकारी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्लाको निर्णय सदर वा बदर गर्न सक्नेछ । उच्चले पनि जिल्लाकै निर्णय सदर गरेमा महान्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ । अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाटै हुनेछ ।
लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपालको राहदानी लिएको आरोपसहित प्रहरीमा उजुरी परेको थियो । विदेशी नागरिक रहेकै अवस्थामा गलत विवरण दिएर राहदानी लिएकाले छानबिन र कारबाहीको मागसहितको उजुरी अनुसन्धानपछि प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।
सर्वोच्च अदालतले यसअघि लामिछानेको नागरिकता निष्क्रिय रहेको र विदेशी नागरिकता त्याग गरेपछि पनि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको आदेश गरेको थियो । संवैधानिक इजलासको माघ १३ गतेको आदेशपछि लामिछानेको पार्टी सभापति, गृहमन्त्री र सांसद पद गुमेको थियो । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे