२०८१ कार्तिक २१, बुधबार
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो ।
सोहीदिन नेप्से परिसुचकमा १५.७६ अंकले ओरालो लागेको र एक अर्ब ३३ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
कारोबारको आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी सिद्धार्थ बैंकको ८ करोड ३५ लाख भन्दाबढीको कारोबार भएको छ ।बिहीबार सबै उपसुचकहरुमा ओरालो लागेको छ। आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे