२०८१ मंसिर ६, बिहिबार
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस वर्षको एसईई परीक्षा दिँदै छन् ।
बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भइसकेको बताए । उनले एसईई परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले यसपालि पहिलोपटक जापानबाटै परीक्षा दिन लागेका हुन् ।
जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थी यसपालिको एसईई परीक्षामा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । उनले अहिलेसम्म तोकिएका सबै परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण भई परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कामसमेत सकिएको बताए ।
शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २९ चैतसम्म चल्नेछ । यसपालिको एसईई परीक्षाका लागि ७७ वटा जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे