२०८१ मंसिर ९, आईतबार
जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव छविलाल कँडेल लगायत गैंडाकोट नगरपालिका ५ का वडाअध्यक्ष रत्नप्रसाद सापकोटा र पूर्व वडाध्यक्ष नवराज कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभकामना मन्त्वयकै क्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले रिसोर्टले नगरपालिकाले तय गरेका कानुनको पालना गर्दै गैँडाकोटको पर्यटनमा उल्लेख्य भूमिका खेल्ने कुरामा विश्वस्त रहेको बताउनुभयो। साथै नगरपालिकाले आगामी दिनमा रिसोर्टलाई आवश्यक पर्ने साथ सहयोगमा हामी सदैव तत्पर रहेको समेत जानकारी गराउनुभयो।
नारायणी नदीलाई पर्यटनको हब बनाउँदै नारायणी बिच एड्भेन्चर रिसोर्ट संचालनमा ल्याईएको रिसोर्टका संचालक महेन्द्रसिं थापाले बताए। रिसोर्टमा २१ वटा सुविधा सम्पन्न एसी डिलक्स कोठाहरू रहेका छन्। जहाँबाट नारायणी नदी किनारको अवलोकन तथा विहानको सुर्योदय र बेलुकीको सुर्यास्त समेत मज्जा लिन सकिन्छ। ६ कट्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब १५ करोड लगानी भैसकेको छ। होटलमा आउने ग्राहकलाई स्विमिङ्ग पुल र पुल हाउसको समेत सुविधा रहेको थापाले बताए।
सिन्धुपाल्चोकमा सुकुटे बिच रिसोर्ट र मनकामनामा गोरखा बिच रिसोर्ट संचालन गर्दै आएका सफल व्यावसायी थापा ट्रेकिङ्ग तथा र्याफ्टिङ क्षेत्रमा धेरै अनुभव भएका व्यक्ति हुन्। सिन्धुपाल्चोकमा रहेको सुकुटे बिच रिसोर्टमा आएका विदेशी पाहुनाहरूलाई मनकामनामा हुँदै सौराहा र लुम्विनीसम्म आफ्नै रिसोर्टमै राखेर डिलक्स सुबिधा उपलब्ध गराउने हाम्रो उद्देश्य हो थापाले भने।
चितवनको सौराहा, मेघौली तथा देवघाट क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई यस रिसोर्टमा राखी गैँडाकोटको पर्यटन क्षेत्र उकास्न सकिने सम्भावना रहेको थापा बताउँछन्। रिसोर्टमा आउने पाहुनाहरूलाई देवघाट दर्शन गर्नका लागि ४ वटा डुङ्गा तथा जेट स्कीको समेत व्यवस्था रहेको छ। देवघाट हुँदै निकट भविष्यमा डुङ्गा र जेट स्कीलाई मुग्लिङ्गसम्म पुर्याउने लक्ष्य रहेको छ।
निकट भविष्यमै रातको समयमा समेत यात्रा गर्न सकिने ५० जनासम्म बोक्न सक्ने क्रुज संचालन गर्ने लक्ष्य रहेको थापाले बताए। थापाको एकल लगानीमा सिन्धुपाल्चोकमा सुकुटे बिच तथा मनकामना छेउमा गोरखा बिच रिसोर्ट संचालनमा छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे