२०८१ कार्तिक २२, बिहिबार
बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभएको हो।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको भरतपुर महानगरपालिका प्रमुख दाहालले बताउनुभयो।
जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालको भनाई छ। संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको धारणा राख्नुभयो ।
जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकै अवस्था निकै कहाली लाग्दो रहेको बताउनुभयो ।
जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सामाजिक क्षेत्रहरु शिक्षा, स्वास्थ्य, समानुपातमा समावेशी सशक्तिकरणका कार्यक्रमहरु पछिल्लो ०६२/०६३ को परिवर्तनपछि बढी नै उठेर आएको उल्लेख गर्नुभयो । जातीय विभेदको सोचलाई पछिल्लो पुस्ताले मिहिनेत गरी हटाउन पर्ने बताउनुभयो । यो चिन्तन सजिलै पढेर, लेखेर नजाने उहाँको भनाई थियो ।
महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनलाई सहज बनाउन २ वर्षअघि देखि नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो । अन्तरजातीय दम्पतीले समाजमा खेलेको परिवर्तनको भूमिकालाई कदर गर्दै यो कार्यक्रम गरिएको बताउनुभयो ।
महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३/३ जोडीलाई सम्मान गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे