२०८१ मंसिर ८, शनिबार
कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा १ का लागि स्कुलले भर्ना आह्वान गरिएको छ।
बैशाख ४ गते आईतबार देखि बैशाख ८ गतेसम्म भर्ना आह्वान खुला गरेको जानकारी गराउँदै समयमै आफ्ना बालबच्चाहरूलाई विद्यालय भर्ना गर्न प्राचार्य रोवीले आग्रह गर्नुभयो।
नवलपुरको मध्यविन्दु २ स्थित सेहरीबाट आफ्नो पहिलो शाखा विद्यालयको रूपमा संचालमा आएको लिटिल फ्लावरले चितवनबाट उत्कृष्ट विद्यालयको रूपमा जिल्लामै पहिचान बनाउन सफल भएको छ।
आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु रहेको स्कुलले जनाएको छ । बालमैत्री शिक्षण विधी,अंग्रेजी भाषामा पठनपाठन, विद्यार्थीहरुको लागि बसको सुविधा, विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रबृतिको व्यवस्था स्कुलमा रहेको प्राचार्य रोवीले बताउनुभयो ।
नवलपुरमा पनि गुणस्तरीय शिक्षा उपलव्ध गराउने उद्देश्यका साथ लिटिल फ्लावर स्कुलले आफ्नो पहिलो शैक्षिक सत्रको रूपमा मध्यविन्दु स्थित सेहरीबाट सेवा प्रदान गर्दैछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे