२०८१ चैत्र ३०, शनिबार
विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।
तीन तलामाथिबाट माथिबाट खस्दा थापाको घाँटी गमलामा परेको थियो। भाँचिएको हड्डीको अपरेशन भै अहिले भेन्टिलेटरमा राखिएको छ। टाउको बजारिएको हुँदा अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए।
थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सँगसँगै सुतेका थिए। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।
उनीहरूले रक्सी खाएका थिए थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालिएको छ।
अनुसन्धानका लागि थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा छन्।
यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए। घटनाबारे थप जानकारी केही आईनसकेको हुँदा के कसरी थापा खसेका हुन भन्ने बारे खुलेको छैन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे