२०८१ मंसिर १०, सोमबार
चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा ५ लाख ८५ हजार युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विगत ९ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ । गत वर्ष वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रम स्वीकृति लिएकोमा चालू आवको चैतसम्म ५ लाख ८५ हजार ४७८ पुगेको छ ।
विभागको २ आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा चालू आवमा दैनिक औषत २ हजार २ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । गत वर्षको फागुनसम्म मासिक औषत ५० हजार युवाले श्रम स्वीकृति लिएका थिए भने चालू आवमा यो संख्या मासिक ६५ हजार रहेको छ । चालु आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कार्तिक र मंसिरमा ६८ हजार, पुष ६५ हजार, माघमा ६४, फागुनमा ६१ र चैतमा ६१ हजार ४७८ ले श्रम स्वीकृति लिएको देखिन्छ ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या खाडी देशबाट मलेसिया तिर बढन थालेको बताए । गत आवको यो अवधिको तुलनामा चालु आवमा १ लाख २५ हजारले श्रम स्वीकृती लिएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । विगत ३ महिनायता खाडी जानेको संख्या घटेर मलेसिया जानेको संख्या बृद्धि हुदै ग९ महिनामा ५ लाख ८५ हजार वैदेशिक रोजगारीमा रहेको छ ।
चैतमा मात्र मलेसिया १६ हजार २६५, दोस्रोमा साउदी अरब ११ हजार ३६४, तेस्रोमा कतार ११ हजार २४९ ले श्रम स्वीकृति लिएको देखिन्छ । लकडाउन उता आन्तरिक रोजगारीमा संकुचन आएपनि विगत एक वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगतका २ वर्षमा घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञहरुको भनाइ छ ।
अघिल्ला २ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमस घटदो दर रहेको पाइएको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ । गत आर्थिक वर्षमा श्रम स्वीकृती लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि भएर ६ लाख ३६ हजार पुगेको थियो ।
गत वर्ष श्रम स्वीकृती लिनेको संख्या अघिल्ला आव वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउदै श्रम स्वीकृती लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रम स्वीकृती लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहको विभागको तथ्यांकमा उल्लेख छ । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे