२०८१ मंसिर ७, शुक्रबार
शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेपछि एमालेको सरकार ढलेको हाे ।
सरकारलाई समर्थन गरेको दलमध्ये माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिनुभएकाे थियाे ।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवस्यक थियो । उहाँको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उहाँलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् ।
माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।
गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिनु भएकाे थियाे।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे