२०८१ चैत्र २०, बुधबार
आज आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको सयम तोकिएको छ । मतदानका लागि तीन वटै क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
आयोगले कुनै पनि भय, प्रलोभन वा आग्रहमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको तीन घेराको सुरक्षा लागू गरिने निर्वाचन आयोगले जनाएको छ । आइतबार दिनभर ती निर्वाचत क्षेत्रमा अत्यावश्यक बाहेक अरु सवैखाले यातायात रोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न आयोगले निर्देशन दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे