२०८१ कार्तिक २२, बिहिबार
विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति दिईएको छैन्।
‘जहाज अवतरणमा समस्या छैन। समस्या आउनुअघि नै उडिसकेका जहाजहरूलाई अवतरण गराइरहेका छौं,’ प्रवक्ता सिटौलाले भने, ‘उडान भने रोकिएको छ। ग्राउन्डमा भएका जहजहरूलाई पनि रिलिज गरिएको छैन।’
प्राविधिक टोलीले हाल समस्या समाधानको काम गरिरहेको छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे