२०८१ चैत्र २०, बुधबार
मध्यविन्दु १५ वडा स्थित कार्यालय नजिकै मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेको बा २ झ २३१२ नं को गाडीको ठक्करबाट सोही वडा बस्ने ४ वर्षीय बालक आदित्य माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
फोहोरमैला व्यवस्थापन कार्यक्रमको अनुगमन गर्न मध्यविन्दु १५ का वडा अध्यक्ष यम बहादुर केसी सहितका कर्मचारीहरु जाँदै गर्दा दुर्घटना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जानकारी दिए।
सडक निर्माण भैरहेको बखत रोकिएको गाडीमा बालक गाडीमुनि छिरेका रहेछन्। गाडी अगाडि बढाउने क्रममा उक्त दुर्घटना भएको नगरपालिकाका एक कर्मचारीले बताए।
सवारी चालक कृष्णप्रसाद भण्डारी र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी कार्यालयले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे