२०८१ कार्तिक २२, बिहिबार
उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको थियो । काठमाडौं आउन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने डाइभर्ड गरिएको विमानस्थल स्रोतले जनाएको थियो ।
उक्त विमानमा १६८ जना यात्रु र चालक दलका सदस्य गरी १७५ जना रहेका थिए । उक्त विमानलाई धर्दिङ जिल्लामाथि २८ हजार फिटमा केही समय होल्ड गरिएको थियो ।
तर उक्त विमानलाई होल्ड गरेर पाइलटले अवस्था जाँच गर्दा सामान्य अवस्था रहेकोले उक्त विमान दुबईतर्फ नै गएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ । उक्त विमानलाई पाइलटले भारतमा मर्मतका लागि अवतरण गर्न सक्ने आंकलन गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे