२०८१ मंसिर ६, बिहिबार
चैत्र महिनामा दर्ता भएका ४० मुद्धा मध्ये सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका २३ रहेको गुल्मी जिल्ला अदालतका तहसीलदार राम बहादुर कुँवरले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो।
चैत्र महिनामा दर्ता भएका ४० मुद्दाहरूमध्ये सबैभन्दा बढि सम्बन्ध बिच्छेदका २० वटा, अंश सहित सम्बन्ध बिच्छेदका ३ र चोरी मुद्दा ५ वटा रहेका छन्।
त्यस्तै अंश नामसारी दाखा १, नकवजनी चोरी १, बहुविवाह १, लेनदेन १, न्यूनस्तरको खाद्य उत्पादन तथा बिक्री १, जालसाजी १, जग्गा खिचोला १, अंशबण्डा दाखा १, अभद्र व्यवहार १, लिखत बदर १, मानाचामल १ र अंश मानाचामल १ गरि ४० नयाँ मुद्दा दर्ता भएका हुन्।
त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा ३७१ नयाँ मुद्धा दर्ता भएका छन।
साउनदेखि चैत्र मसान्तसम्म ३७१ मुद्धा दर्ता भएका हुन्। जसमध्ये दुनियावादी देवानी र सरकारवादी फौजदारी तर्फ ३७० छन्। निषेधाज्ञा मुद्दा १ रहेको कुँबरले बताउनुभयो।
गत बर्षबाट जिम्मेवारी सरि आएका १९० मुद्धा छन्। जिम्मेवारी सरि आएका मुद्दा मध्ये ६ महिना देखि १ बर्ष भित्रका मुद्दाको संख्या ९७ रहेको छ। १ बर्ष देखि १८ महिना नाघेका मुद्दा ७७ मुद्दा रहेका छन्। १८ महिना देखि २ बर्ष भित्रका मुद्दाको संख्या १५ रहेको छ। चालु आर्थिक वर्षको ९ महिनामा दर्ता भएका ३७१ नयाँ मुद्धा सहित हाल ५६० मुद्धा रहेको तहसीलदार राम बहादुर कुँवरले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो।
चैत्र महिनामा गुल्मी जिल्ला अदालतमा ७८ मुद्दा फैसला भएका छन्। चालु आर्थिक बर्षमा दर्ता भएका र गत बर्षबाट जिम्मेवारी सरि आएका गरि जम्मा ५६० मुद्दा रहेका छन्।जस मध्ये ३८२ मुद्दा फैसला भएको अवस्था छ। हाल अदालतमा १७८ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको अदालतले जनाएको छ। चालु अवस्थामा रहेका १७८ मुद्दा मध्ये ६ महिना भित्रका १११ मुद्दा छन्। ६ महिना देखि १ बर्ष भित्रका ५३, १ बर्ष देखि १८ महिना सम्मका १२ र १८ महिना देखि २ बर्ष भित्रका मुद्दाको संख्या २ रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे