२०८१ कार्तिक २२, बिहिबार
शुक्रबार बिहान ६:५५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७:३९ बजे गुल्मीको रेसुगां विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक सातामा निगमको जहाजले नियमित उडान गर्नेछ । यसअघि तारा एयरले परीक्षण उडान गरेपनि भाडादर महंगो भएपछि सम्झौता तोडिएको थियो ।
उक्त एयरले प्रति यात्रु ८ देखि ९ हजार भाडादर कायम गरेको थियो । निगमको जहाजले प्रति यात्रु छ हजार रुपैंयामा उडाउने भर्ने गरी रेसुंगा नगरपालिका गुल्मेलीले निगमसँग सम्झौता गरेको छ । परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण (क्यान)का प्राविधिकको सहभागिता रहेको थियो । ‘‘विमानस्थलको अवस्था पूर्ण रुपमा ठिक छ, बिहानी समयमा उडान राम्रो हुन्छ” क्याप्टेन बिष्टले भने, “रिपोर्ट तयार गरी क्यानलाई बुझाएको एक हप्तामै नियमित उडान हुन्छ ।”
जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले राजधानीमागई लामो समयसम्मको प्रयासपछि नेपाल एयरलाइन्सले परिक्षण उडान गरेका हो । ‘‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौं” उनल भने,“अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।” सुरूमा निगमको जहाजले साप्ताहिक उडान भर्नेछ । त्यसपछि यात्रुका आधारमा उडानलाई बढीमा साप्ताहिक दुई वा तिन पटकसम्म गरााउने निगमको तयारी छ ।
अहिलेलाई सातामा शुक्रबार मात्र निगमको जहाज उड्ने कार्यतालिका रहेको छ । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महङ्गो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल १७ वर्षमा निर्माण सम्पन्न भएको थियो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थ्ल कुल ३५ करोड लागतमा सम्पन्न भएको थियो । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे