२०८१ मंसिर ९, आईतबार
प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ। साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले पनि यो विषयमा उन्मुक्ति पाउने अवस्था देखिन्न। उनका छोरा प्रतीक थापा पक्राउ नपरेकाले पूर्वगृहमन्त्री थापालाई पक्राउ गर्ने आधार नभेटिएको बताइएको छ। प्रहरीले उनलाई शंकाको घेरामा राखिरहेको छ।
‘आरजुले दिएको उजुरीमा प्रहरीको दोहोरो अनुसन्धान भइरहेको छ। एकातर्फ साइबर ब्युरोले प्राविधिक पाटो हेरिरहेको छ भने अर्कातर्फ अडियोले दिएको सन्देशलाई प्रमाणित गर्ने कुनै आधार फेला पर्छ कि भनेर अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकै लागि पूरक निवेदन लिइएको हो, उहाँलगायत अडियोमा उल्लेख भएका व्यक्तिहरूबारे अनुसन्धान हुन्छ।’
प्रहरीका अनुसार छोरा प्रतीक पक्राउ नपर्दा स्पष्ट ‘कनेक्सन’ नभेटेर पूर्वगृहमन्त्री थापा जोगिएका हुन्। ‘छोरा पक्राउ परे उनको बयान वा उनले प्रयोग गरेका ग्याजेटका आधारमा केही तथ्य खुल्थे,’ स्रोतले भन्यो, ‘छोरा फरार छन्, उनको खोजी भइरहेको छ।’
काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले साइबर ब्युरोले आफ्नो प्राविधिक काम गरिरहेको हुन सक्ने बताए।
‘साइबर ब्युरोमा उहाँले दिएको उजुरीअनुसार काम भएको होला, कहाँ के कसरी बाहिर आयो, कसले ल्यायो, नक्कली हो कि सक्कली भन्ने बारेमा प्राविधिक पाटो हेरिएको हुन सक्छ तर हामीले अडियोमा आएको आवाज र बाहिर हल्ला चलेको विषयमा पनि सूक्ष्म अनुसन्धान गरिरहेका छौं, प्रमाणित हुने आधार फेला परे कानुनले अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ,’ परिसर प्रमुख एसएसपी कार्कीले भने। नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे