२०८१ मंसिर ८, शनिबार
सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसअघि अख्तियारको टोलीले मेहतलाई २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। घर जग्गा नक्सा पास गर्नका लागि सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीका आधारमा छानबिन गर्दा मेहताले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
मेहतालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे