२०८२ बैशाख ५, शुक्रबार
काठमाडौं। अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेल रहेका छन्।
भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई-फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेको आरोप छ।
साथै स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाई पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दु:ख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको खुलेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई कास्की पोखराबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे