२०८१ मंसिर ८, शनिबार
नेपालबाट दक्षिण कोरियाको किङसुङ विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई गोल्डेन इमिनेन्टले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चितवनको गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सी र विश्वविद्यालयसँग भएको सम्झौता अनुसार दुई वटा कोर्षमा दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति पाउने भएका हुन् ।
साथै, यो विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई न्युनतम ३० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था मिलाएको गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले बताए । ‘हामीले दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालयसँग नेपालबाट विद्यार्थी पठाउनका लागि सम्झौता गरेका छौं ।’, मोटिभेट न्यूजसँगको भेटमा रिजालले भने, ‘उक्त सम्झौता अनुसार सेक्टेम्बर इन्टेकका लागि ग्लोबल हस्पिटालिटी म्यानेजमेन्ट र ग्लोबल विजनेश म्यानेजमेन्ट अध्ययन गर्ने एक एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रावृत्तिको व्यवस्था गरिएको छ ।’
यो विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले न्युनतम ३० प्रतिशत अनिवार्य छात्रवृत्ति पाउने व्यवस्था मिलाइएको रिजालको भनाई छ । आईईएलटिएसमा राम्रो स्कोर भएका र एकेडेमिक डकुमेन्ट राम्रो भएका विद्यार्थीको छात्रवृत्ति बढ्दै जाने बताइएको छ ।
यो विश्वविद्यालयमा जम्मा २५ सय अमेरिकी डलरमा फढाई हुन्छ । यसमा पनि ३० प्रतिशत छात्रवृत्ति रहेकाले विद्यार्थीलाई बस्न र खान सजिलो हुने रिजालको भनाई छ । यी दुई वटा कोर्ष अध्ययनका लागि आईएलटिएसमा ५.५ तथा कक्षामा २.५ जिपिए ल्याएको हुनुपर्ने उनको भनाई छ । गोल्डेन इमिनेन्ट विश्वविद्यालयको एक मात्र प्रतिनिधि हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे