२०८१ कार्तिक २३, शुक्रबार
काठमाडौँ, २१ बैशाख । सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् ।
गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएको हो । आज भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय गरेको थियो । आज कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि प्रवेशमा रोक लगाउने तयारी गरेका छन् ।
वैशाख २० गते बुधवार पनि प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देशैभरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ । १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘सङ्घीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे