२०८१ मंसिर ७, शुक्रबार
आज बिहान १० बजेवाट चलेको परिक्षामा सहभागी बिधार्थी थापा करिव सांढे ११ बजे तिर कोठामा फर्किएकि थिईन् । तर, परिक्षा १ बजे सम्म चलेको थियो ।उनी संगै कोठामा बसि एउटै कक्षामा पढ्ने दुईजना साथीहरू परिक्षा सकेर दिउसो १ बजे कोठामा फर्किदा थापा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर भएको थियो ।
सप्तगण्डकि चोकको गंगावहादुर थापाको घरको पहिलो तलाको दुईवटा कोठा र एउटा किचन भाडामा लिएर मृतक थापा र उनका साथीहरू बिराटनगरकी अस्मिता ठाकुर र बुटवलकी रिदिका रिजाल बस्ने गरेका हुन् ।“हामी आउदाँ बाहिर पट्टिको जालि ढोकामा चुकुल लगाएको रहेछ , धेरै बोलायौं चिच्यायौ तर चुकुल नखोलेपछि बरण्डा तर्फबाट झ्यालमा गएर हेर्दा झुन्डिएको देख्यौं ” सिमरनकि साथि रिदिका रिजालले भनिन् ।
तिनैजना ओरल मेडिसिनको परिक्षा दिन कोठावाट संगै विहान १० बजे निस्किएका थिए ।“जाँच दिन जानु अघि अरु बेला भन्दा अलि मुड अफ चाहिँ देखेको थिएँ ,अरु खासै कुरा भएको थिएन ” भावविह्वल मुद्रामा रहेकि रिजालले भनिन् ।घटनास्थलमा प्रहरी पुगेको छ । पोखरामा रहेका मृतकका आफन्त आएपछि मात्रै शव निकालिने प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे